Thu. Apr 25th, 2024

काठमाडौं, ३ माघ । अभिनेता जीवन लुइँटेल अब टेलिभिजन प्रस्तोताको रुपमा देखिने भएका छन् । उनी नेपाल टेभिजनबाट प्रसारण हुन लागेको गेम शो ‘क्यास एण्ड क्वीज’ मा कार्यक्रम होस्टका रुपमा देखिन लागेका हुन् ।
एक एपिसोड सेलिब्रेटी र एक एपिसोड पब्लिक गरि मिलाएर खेलइने ‘क्यास एण्ड क्वीज’ एउटा विशुद्ध टेलिभिजन गेम शो हो । पहिलो एपिसोडमा जीवनसँग गायक राजेशपायल राईले क्वीज खेलेका छन् । रियाक्सन मिडियाले निर्माण गरेको यस गेम शोको दर्शकबा राम्रो प्रतिक्रिया आएका जीवन निरन्तर होस्टको रुपमा देखिने जनाइएको छ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

%d bloggers like this: