Wed. Apr 24th, 2024

काठमाडौं, ३ माघ । चलचित्र क्षेत्रकी चर्चित मेकअप आर्टिस्ट सुशील जोशीले ब्युटि पार्लर सञ्चालनमा ल्याएकी छन् । सुशीलाले पुरानोबानेश्वरमा शुक्रबारदेखि औपचारिक रुपमा ‘ब्युटि केयर’ नामक पार्लर सञ्चालनमा ल्याएकी हुन् । पार्लरको उद्घाटन चलचित्र निर्देशक नारायण पुरी, हास्य अभिनेत्री दिपाश्री निरौला, निता ढुंगानालगायतले गरेका थिए । पार्लर उद्घाटन गर्न पुगेका कलाकारले आफ्नो अनुहार तथा कपालको ट्रिटमन्ट समेत गराएका थिए ।
विभिन्न नेपाली चलचित्रमा मेकअप आर्टिस्टका रुपमा काम गरेर ख्याती कमाएकी सुशीलालाई पार्लर सञ्चालनमा ल्याएकामा उनलाई चलचित्रकर्मी व्यवसायी सफलताको शुभकामना दिए । कार्यक्रममा अभिनेत्री दिपाश्री आफनो चलचित्र ‘६ एकान ६’ सफल भएकोमा खसी साटेकी थिइन् । उनले ठट्टा गर्दै भनिन्, ‘६ एकान ६’ जस्तथै यो ब्युटि पार्लरले पनि सफलता पाओस् ।’

%d bloggers like this: