Wed. Apr 24th, 2024

काठमाडौं ३ माघ । ‘लिटिल मिस एन्जल’ का प्रतियोगीहरु यतिखेर आत्मविकास सम्बन्धी प्रशिक्षणमा व्यस्त छन् । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल–२०१४’ मा विभिन्न  विद्यालयबाट १० देखि १४ वर्ष उमेर समूहका ५० जना बालिका अन्तिम स्पर्धाका लागि प्रतिभा निखारिरहेका छन् ।
यसैक्रममा प्रतियोगी बालिकाहरु सामाजिक उत्तरदायित्वका लागि कालिमाटीस्थित अनाथ तथा वृद्धाश्रम ‘आमा घर’ पुगे, जहाँ ४१ जना आमा–बालाई फरिया, खास्टो, फलपूmल, विस्केट तथा लुगाफाटा वितरण गरेका छन् । साथै प्रतियोगीले आफुजस्तै विद्यालय पढ्ने स–साना ५३ जना साथीहरूलाई कापी कलम पनि बाँडे ।
सामाजिक कार्यअन्तर्गत प्रतियोगीले हिउँदे विदाको सदुपयोग गर्दै गोरक्ष निखिल विद्याश्रम बसुन्धरा पुगि आध्यात्मिक ज्ञानसमेत हासिल गरेको आयोजकले जनाएको छ ।
आयोजक संस्थाका कार्यकारी निर्देशक सञ्जय महर्जनका अनुसार प्रशिक्षण अवधिभर विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकद्वारा नेत्तृत्व, व्यक्तित्वविकास, सुरक्षा व्यवस्थापन, ट्राफिक शिक्षा, सामाजिक उत्तरदायित्व, खेलकुद, स्टूडेन्ट क्वालिटी सर्कलजस्ता विधामा प्रशिक्षण दिइने छ । प्रतियोगिताको अन्तिम स्पर्धा १८ माघमा प्रज्ञा भवन कमलादीमा हुँदै छ ।
2

%d bloggers like this: