Wed. Apr 24th, 2024

फिल्म निर्देशक समाजले आज संचार मन्त्रि माधव पौडेलको हातबाट सिनेमा क्लबको उद्घाटन गराएको छ ।
समाजको कार्यालय भित्रै रहेने क्लबमा हरेक हप्ताको शुक्रबार नेपाल तथा विश्वका चर्चित फिल्महरु देखाईने उद्देश्य राखिएको छ । ”आफ्नो तथा अरुको फिल्म हेरेर सिक्ने र आफुले कस्तो बनाउने बुझ्न सकिने र सबैले भेटघाट गर्दै आत्मियता कायम गर्ने थलो बनाउने उदेस्ये रहेको छ।” समाजका महासचिब ऋषि लामिछानेले बताए ।हरेक शुक्रबार ३बजे सिनेमा देखाइने पनि उनले जनाए । क्लब उद्घाटनको पहिलो दिन आज नीर शाह निर्देशित मसान फिल्म देखाईएको छ । क्लबमा जो कोही सर्वसाधारण दर्शक पनि सहभागी हुन सक्ने समाजले जनाएको छ । क्लबका एक सदस्य तथा चलचित्र निर्देशक राम राजा दाहालले ”यो एउटा राम्रो सुरुवात भएको र अजै धेरै राम्रा काम समाजले गर्दै जाने र यसमा सबैको सहयोगको खाचो भएको ”बताए ।
1608998_587403871340178_900902270_n
‘मन्त्रालय छाड्ने बेलामा मलाई यो क्लवको उद्घाटनमा बोलाएकाले अत्यन्त खुशी लागेको छ ।’ मन्त्री पौडेलले उद्घाटन कार्याक्रममा भने । यता समाज अध्यक्ष डि.सी.ले आफ्नो जिवनमा पहिलो पटक दिमाग भएको मन्त्री देखेको तर्क गर्दै पौडेललाई थप उर्जा दिए । मन्त्री पौडेलले फिल्म क्षेत्रको सर्वाधिक खाचो परेको मुद्धा ‘फिल्म नीति’ तयार गर्न लागई त्यसको कार्यान्वयन प्रक्रियामा अगाडी बढाउन सफल भएकाले डि.सी.ले उनको तारिफ यस्तो गरेका हुन । डि.सी चलचित्र बिकास बोर्डमा सदस्यको रुपमा नियुक्त भएर जाने तयारीमा पनि यीनै मन्त्रीको हात छ तर बन्न लागेको नयाँ सरकारको प्रक्रियामा प्राविधिक कठिनाई देखिएपछि डि.सी.को बोर्ड नियुक्ती प्रक्रिया अनिश्चित भएको छ ।
1611694_587402648006967_2089156016_o
 

%d bloggers like this: