Fri. Mar 29th, 2024

असुरक्षित र अवैध यौन सम्बन्धका बेफाइदा जति धेरै छन्, सुरक्षित र बैध यौन सम्बन्धका फाइदा त्यति नै धेरै छन् । सेक्सका कारण वजन घट्ने, एक्सरसाइज हुने कुरा पुरानै रिसर्चले पत्ता लगाएको हो । यतिबेला एउटा ताजा रिसर्चले चाहिँ दिमाग पनि बढाउने तथ्य पत्ता लगाएको छ ।
उमेरको वृद्धिसँगै घट्दै गएको ब्रेनको सेल यौनसंसर्ग पछि बढेको देखिएको छ । मेरिल्यान्ड युनिभर्सिटीका सोधकर्ताले ब्रेनपावर बढ्नुको श्रेय यौनलाई दिएका हुन् । आफ्नो बढ्दै गरेको ब्रेन सेल के हुन्छ ? भनेर जब उनले यौन संसर्ग बन्द गरे, तब ब्रेन सेल घटेको देखियो । यसअघि सेक्सले दिमागकको तनाव कम गर्ने पत्ता लागेको थियो । मनोबैज्ञानिक टोर्सी सोर्सले भने, ‘सेक्सले दिमाग बढाउछ भन्ने सही हो, तर अधिक सेक्सले भने केही कुरालाई फाइदा गर्दैन ।’

%d bloggers like this: