Fri. Apr 26th, 2024

काठमाडौं, २ माघ । अभिनेत्री झरना थापा छैटौं फिल्म निर्माणको तयारीमा जुटेकी छिन् । पछिल्लो फिल्म ‘फेसबुक’ले अपेक्षित ब्यापार नगरेपछि केही समय चुप बसेकी उनी फेरि फिल्म निर्माणमा लाग्ने भएकी हुन् ।
तीन महिनाको युरोप टुरबाट फर्केपछि भेटिएकी झरनाले आफू नयाँ फिल्मको तयारीमा लागेको बताइन् । निर्मात्री र हिरोइनका रुपमा मात्रै देखिएकी झरना यसपटक स्क्रिप्ट पनि आफै लेखिरहेकी छिन् ।  निर्देशक ऋषि लामिछानेको फिल्म ‘दम्पति’को काम सकेपछि उक्त फिल्म निर्माण हुने बताइन् । विहीवार बागबजारस्थित पुष्पा सुनुवारको ब्युटि पार्लर ‘स्टेप इन फर स्टाइल’को उद्घाटनमा पुगेकी उनले मनोरञ्जनसंसारसँगको कुराकानीमा यस्तो बताएकी हुन् । आफैले लेख्ने स्क्रिप्टमा आफ्नो भूमिका कस्तो होला ? उनले भनिन्, ‘असाध्यै स्ट्रङ चरित्र खोज्दैछु ।’

jharana (1)

%d bloggers like this: