Thu. Apr 25th, 2024

मुम्बई, २ माघ । (एजेन्सी) । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री पामेला एन्डशन फेरि बिहे गर्दैछिन् । ‘बिग बोस’ को सिजन ४ मा सहभागी भइसकेकी यी अभिनेत्रीले आफ्नो पूर्वपति रिक सैलोमनसँग पुनः बिहे गर्न लागेकी हुन् । सम्बन्धविच्छेद गरिसकेको पतिसँग फेरि बिहे गर्ने भएपछि ‘पामेलालाई पूर्वपति नै प्यारो’ भन्न थालिएको छ ।
४६ वर्षीया पामेलाले आफूले पूर्वपतिसँग दोस्रोपटक बिहे गर्न लागेको पुष्टि गरकी छन् । उनले भनेकी छन्, ‘हो म उही रिक स्ैलोमनसँग फेरि बिहे गर्न गइरहेको छु ।’ आफूहरु बिहे गर्न लागेको खबरले दुवैतिरको परिवार खुसी रहेको पामेलाले बताइन् । तर, उनले बिहेको भोज भने नगर्ने बताएकी छन् । ‘चाँडै बिहे गर्दैछौं’ उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भनेकी छन्, ‘तर भव्य भोज गर्ने हाम्रो योजना छैन ।’
पामेला र रिकले अक्टुबर २००७ मा बिहे गरेका थिए । तर उनीहरुको बैवाहिक सम्बन्ध लामो समय टिकेन । आन्तरिक कारण भन्दै केही महिनामै सम्बन्ध विच्छेद गरेका पामेला र रिकले सम्बन्ध विच्छेद गरेको करिब ६ वर्षपछि पुन बिहे गर्ने मुडमा पुगेका हुन् । उनीहरुले एक्अर्कालाई सम्बन्धविच्छेदपछि बीचमा भएका सबै कुरा बिर्सन सम्झौता गरेको समेत समाचारमा बताइएको छ ।

%d bloggers like this: