Fri. Mar 29th, 2024

काठमाडौं, १ माघ । साथीहरु उनको नजिक आउँछन, अनि जन्मदिनको शुभकामना दिन्छन । र, पार्टी चहियो भन्दै  उस्काउँछन् । उनी गमक्क र दंग छन कुनै प्रतिक्रिया नदिईकन बसिरहन्छन् । उनका साथीहरु कलेज ड्रेसमा छन् । सबै प्लस २ का बिधार्थी उनीहरु ।
प्रशंग चलचित्र ‘पुन्टे परेड’ को हो । बुधबार काठमाडौंस्थित बानेश्वरको लिभरपुल कलेजमा धमाधम खिचिदै गरेको दृश्यबारे ‘सायद’ हिरो संयम पुरी भन्दैथिए, ‘आज मेरो फेसबुकअनुसार जन्मदिन हो । मैले सबैको ध्यान जाओस् भनेर आजको दिन जन्मदिन बनाएको थिएँ तर यो अरुलाई थाहा छैन र मलाई पार्टी  चाहियो भन्दै कराइरहेका छन् ।’

1608744_586409221439643_90507821_n

उता अर्को दृश्यमा आफ्नो अत्यन्त  सुन्दर  ‘हट टिचर’को आगमन हेर्दै दुई विद्यार्थी दंग छन् । टिचरको भूमिकामा प्र्रियंका कार्की टोलाई रहेका संयमलाई होस्मा ल्याउँछ । आफ्नो कार्यालयमा बोलाई हौसला प्रधान गर्छिन् उनी । र, केहि केही राम्रो काम गर्नेमा आशावादी रहेको बताउँछिन् । तर, अर्कोतिर फेरी दुईजना एकापसमा कुस्ती खेलिरहेका छन् । कारण एउटा राम्रो गुलाबको फुल थियो ।

1603534_586408851439680_1368408612_o

चलचित्रमासरोज श्रेष्ठ र रंगकर्मी नाजिर कमेडी भूमिकामा देखिँदैछन । चलचित्रका हिरो नायक संयम आफ्नो विगतको सफल चलचित्र ‘सायद’जस्तै ‘पुन्टे परेड’ सफल हुनेमा आशावादी छन् । चलचित्रका क्याप्टेन सुवाश कोईरालाले चलचित्रको करिब ९९ प्रचिशत शुटिङ सकिएको जानकारी दिए । उनका अनुसार बिहीबारसम्ममा सबै दृश्य सकिनेछ ।

1533557_586408398106392_316245329_n
चलचित्र ‘पुन्टे परेड’ लाई हरि महतले निर्माण गरेका हुन् । यो चलचित्रमा प्रियंका कार्की, संयम, एञ्जिला दाहाल, नट्टु शाह, सरोज श्रेष्ठ, नाजिर हुसेन, रबिन्द्र खड्का, गीता अधिकारी, श्वेता थापालगायतको अभिनय छ ।निलु डोल्मा शेर्पाको कन्सेप्टलाई शान बस्न्यातले कथाको रूप दिएको ‘पुन्टे परेड’लाई बाबु श्रेष्ठले खिच्दैछन् भने संगीत तारा प्रकाश लिम्बु र टेकनन्द लामाको छ । सुबाष राज काफ्ले यसका प्रोडुक्शन डिजाइनर हुन । निर्माण पक्षको अनुसार अर्को वर्ष असार सम्ममा फिल्म प्रदसनमा ल्याइनेछ ।

1533434_586408938106338_1981024397_n

1600046_586409061439659_1374696934_n

तस्बिर: बाबु सुरेश

%d bloggers like this: