Fri. Apr 19th, 2024

काठमाडौं, पुष ३० । नेकपा एमालेका बरिष्ठ नेता केपी ओली शर्मा भाÈणमा ह“साउन खप्पिस छन् । उखानका टुक्का भनेरै ह“साउ“ने नेता ओली मंगलबार सा“झ फिल्म ‘६ एकान ६’ हेरेर आफै पेट मिचिमिची हा“से । उनी फिल्म हेर्न कमल पोखरीस्थित बिग सिनेमामा सपरिवार पुगेका थिए ।  फिल्म हेरिसकेपछि निर्माता दीपकराज गिरीलाई बधाइ दिदै भने, ‘फिल्म बडो रमाइलो रहेछ ।’ फिल्मको एउटा दृष्यमा ‘माग्ने बुढा’ पात्र (केदार घिमिरे)ले राजनीतिक नेतालाई गाली गर्दा दर्शकले जोडले ताली बजाएका थिए ।
सञ्चारकर्मी दिनेश डिसी निर्देशित फिल्म ‘६ एकान ६’ हेर्न नेता ओलीसँगै एमालेका अर्का नेता गोकुल बाँस्कोटा, महेश बस्नेत, निरु पाल अनेरास्ववियु अध्यक्ष किशोरविक्रम मल्ल, उपाध्यक्ष ऐन महर पनि पुगेका थिए । निर्देशक डिसीका साथै कलाकार दीपाश्री निरौला, दीपकराज गिरी, सीताराम कट्टेललगायतका कलाकार पनि उपस्थित थिए

%d bloggers like this: