Sun. Apr 27th, 2025

काठमाडौं, ३० पुस । अभिनेत्री तथा मोडल प्रियंका कार्कीले नेपाली चलचित्र क्षेत्रकै लागि अमेरिकाको ग्रिनकार्ड त्यागेको खुलासा गरेकी छन् । नेपाली मूलका अमेरिकी ग्रिनकार्ड होल्डर रोचक मैनालीसँगको बैवाहिकसम्बन्ध टुटाएर आएकी प्रियंकाले ‘हट नेपाल’ नामक नेपाली म्यागजिनसँग भनेकी छन्, ‘नेपाली फिल्मका लागि ग्रिनकार्ड त्यागेकी हुँ ।’ ‘खप्पिस हिरोइनको खुलासा’ शीर्षकमा म्यागजिनले प्रियंकाको माघ महिनाको कभर स्टोरी प्रस्तुत गरेको छ । म्यागजिन मंगलबारदेखि नै बजारमा आएको छ ।
प्रियंकाले कलालाई नै आफ्नो अन्तिम गन्तव्य बनाएको समेत बताएकी छन् । उनले अमेरिकाको ग्रिनकार्ड होल्डर पतिसँग सम्बन्ध टुटाएर आएपछि केही बोल्ड म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी छन् । उनी पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उदयमान अभिनेत्रीमा रुपमा चिनिन्छिन् ।
hot nepal