Wed. May 8th, 2024

काठमाडौं, २९ पुस । यिनी तस्बिरमा देखिएका बालिका हुन्, चर्चित गायिका अञ्जु पन्तको पूर्वपति मनोजराज सिवा ‘सिवाकोटी’ की कान्छी पत्नीतिरकी छोरी । मनोजले केही दिनअघि आफ्नो फेसबुकवालमा पोस्ट गरेको यो तस्बिर पहिलोपटक मिडियामा सार्वजनिक गरिएको हो ।
करिब तीन वर्षअघि अञ्जु र मनोजले आन्तरिक विवादका कारण सम्बन्धविच्छेद गरेका थिए तर, पति मनोजराजसँग सम्बन्धविच्छेद गरेर पनि अहिलेसम्म अञ्जु सिंगल छिन् भने मनोजले कान्छी भित्राएर पनि छोरी पाइसकेका छन् । मनोजले आफ्नो कान्छी पत्नीतिरको छोरीलाई आफ्नो फेसबुकवालमा ‘एञ्जल बेबी’ भनेर शेयर गरेका छन् । समाचार स्रोतका अनुसार यी एञ्जल बेबीको केही दिनअघि मात्रै जन्मदिन थियो ।
नेपाली सांगीतिक क्षेत्रमा मनोज एक राम्रा संगीतकर्मी मानिन्छन् भने अञ्जु सुगमसंगीतमा करिब एक दशकयता एकछत्र राज गर्दै आएकी छन् । अहिले पनि अञ्जु नेपाली सांगीतिक क्षेत्रका लागि एक कोषेढुंगा मानिन्छिन् भने मनोजको सांगीतिक करिअर पनि उत्तिकै लोभलाग्दो छ ।

%d bloggers like this: