Sat. Apr 20th, 2024

विएस ठकुरी, नेपालगञ्ज, २९ पुस ।   देशभरका विभिन्न हलका साथै नेपालगञ्जको श्रृष्टि चलचित्र भवनमा प्रर्दशन भैरहेका चलचित्र पराई यतीवेला दर्शकमाझ लोकप्रिय हुन सफल भएको छ । गत शुक्रवारवाट प्रर्दशनको सुरुवात गरेकोे  चलचित्रलाई देशभरकै दर्शकले तारिफ गरेका छन । फलस्वरुप पराई युनिट यतीवेला खुसी साथै आशावादी देखिन्छ ।  प्राय नेपाली चलचित्रमा नरुने नेपाली दर्शकलाई पराईले  भने रुवाउन सफल भएको छ । श्रृष्टि हलमा सिनेमा हेर्न आएका अधिकांश दर्शकको आँखामा हेर्ने हो भने पराईले प्राय दर्शकलाई भावुक वनाएको थियो भने कतिपयले त आफ्नो आशुलाई लुकाउन समेत गाह्रो परेको स्पष्ट देखिन्थ्यो । स्थानीय नायक भएको कारणले पनी यो सिनेमालाई यहाँका दर्शक साथै प्राय सञ्चारकर्मी समेतले हेरीसकेका छन त कती हेर्ने सोचाइमा छन । यो सिनेमा हेरीसकेका दर्शक साथै सञ्चारकर्मीले राम्रो चलचित्र निर्माण गरेकोमा निर्माता र निर्दशकलाई धन्यवाद समेत दिएका छन ।
१) ओभिराज आचार्य (सञ्चारकर्मी) : जुन अपेक्षा राखेर हलसम्म आएको थिए त्यो मैले पाए । चलचित्र राम्रो साथै स्तरिय वनेको छ, हरेका नेपालीले हेर्नुपर्छ ।
२) शोभा के.सी (पत्रकार) : मलाई धेरै मन पर्यो । पछिल्लो समयमा नेपाली सिनेमाहरु भल्गर भएका कारण  हलसम्म आउने वातावरण विग्रिएको थियो तर ‘पराई’ हेरेपछी साच्चिकै नेपाली सिनेमा पनी राम्रो हुदो रहेछ भन्ने अनुभुती भयो । मलाई निरज वरालको भुमिका मन पर्यो । अव चाही ‘वितेका’ पल हेर्न मन लाको छ ।
२) भरत महतो (नृत्य निर्दशक) :  धेरै समयपछी नेपाली परिवेशको चलचित्र हेर्न पाउदा सम्पुर्ण युनिटलाई धन्यावाद दिन चाहान्छु, साच्चिकै भित्री मनवाट भन्नुपर्दा गोविन्द जि र आदरणीय शिव दाइले हरेक दर्शकले हेर्नै पर्ने सिनेमा वनाउनुभएको छ ।
४) रिना वोहरा ( सञ्चारकर्मी ): चलचित्र राम्रो वनेको छ । मलाई मन पर्यो ।
५) रामकृष्ण शर्मा (हलप्रवन्धक):  मलाई असाध्यै मन पर्यो दुई दशकको समयमा मैले धेरै चलचित्र हेरेको छु जसरी शिव रेग्मीको आफ्नो मान्छे हेरेको थियो त्यो चलचित्रको याद आयो यो चलचित्र हेर्दा र रुवायो पनी ।
६) गीता सुनार ( दर्शक ) :  चलचित्रले रुवायो । राम्रो वनेको रहेछ फेरी हेर्न मन छ सायद माघे संक्रान्तीमा आउछु होला ।
७) राकेश सिंह (दर्शक) :  शिव रेग्मीले वनाएको प्राय चलचित्र हेरेको छु , विगतको चलचित्र झै यो पनी राम्रो वनेको छ । मलाई त रुवायो म सवैलाई यो चलचित्र हेर्न आग्रह गर्दछु ।
८) मीना मल्ल (दर्शक) : छ एकान छ भन्दा मलाई पराई चलचित्र मन पर्यो र रुवायो पनी । गोविन्द दाईलाई धन्यावाद उहाको अभिनय मन पर्यो ।
माउथ पव्लिसिटिका कारण दिन प्रतिदिन दर्शकको सपहभागितामा वृद्धि भैरहेकोले पनी यो सिनेमाले लगानी उठाउनेमा निर्माता तथा नायक गोविन्द शाही ढुक्क भएको वताए । उनले चलचित्र व्यावसायिक रुपमा सफल हुनु मात्र आफ्नो सफलता नभएको वताउदै दर्शकले सिनेमालाई मन पराउनु नै आफ्नो लागि ठुलो एचिभ्मेन्ट हुने वताए । स्व. निर्देशक शिव रेग्मीको निर्देशन रहेको यो चलचित्रलाई नायक शाही, कुन्ति शाही, दिपक शाहीले निर्माण गरेका हुन । निरज वराल, गरिमा पन्त, नन्दिता के.सी, विष्णु सापकोटाको मुख्य भुमिका रहेको यो ुिसनेमालाई वसन्त सापकोटाले संगित दिएका छन । अनाथ बालबालिकाको कथालाई उठाइएको यो सिनेमाको आजसम्मको व्यापार सन्तोषजनक रहेका निर्माता दिपक शाहीले वताए । यो संगै पौ २६ गतेवाट वितेका पल, छ एकान छ र योद्धा चलचित्र प्रर्दशनमा आएका थिए ।
SAM_1356
SAM_1358
SAM_1362
SAM_1363

 

 

%d bloggers like this: