Thu. Apr 25th, 2024

काठमाडौं, २९ पुस । ‘तिम्ले पराई ठानेपछि’ जस्ता चर्चित गीतका संगीतकार सन्तोष श्रेष्ठ २१ माघमा दाङमा गुञ्जिँदैछन् । विद्यालय भवन निर्माणको सहयोगार्थ ‘सन्तोष श्रेष्ठ एकल साँझ’ मा  उनी गुञ्जिन लागेका हुन् ।
पछिल्लो समय गायन क्षेत्रमा युवा ढुकढुकी बन्दै गएका श्रेष्ठले संगीत गरेका दर्जर्नौ गीत चर्चामा छन् । सधैं अरुको स्वरका लागि संगीत गर्दै आएको भए पनि सामाजिक सेवाका लागि आफैले गाउन लागेको एकल साँझबारे जानकारी गराउन राखिएको पत्रकार सम्मेलनमा बताए । ‘कार्यक्रममा मेरा ढेड दर्जन चर्चित गीतहरु प्रस्तुत गर्नेछु’ उनले भने, ‘अरुबेला अरुका स्वरमा सुनिए पनि त्यो दिन श्रोता÷दर्शकले मेरै स्वरमा प्रत्यक्ष सुन्न पाउनेछन् ।’ राप्ती साहित्य परिषद्ले संगीतकार श्रेष्ठलाई एकल साँझमा उभ्याउन लागेको हो । परिषदका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार कार्यक्रम सफल बनाउन स्थानीय निकायबाट पनि सहयोगको अपेक्षा गरिएको छ ।
कार्यक्रममा गीतकार रमेश क्षितिज, चलचित्र पत्रकार शान्तिप्रियलगायतले श्रेष्ठलाई एकल साँझका लागि शुभकामना दिएका थिए । कार्यक्रममा श्रेष्ठले आफ्नो एकल साँझबारे जानकारी गराएका थिए । साथै, कार्यक्रममा संगीतकार श्रेष्ठबारे तयार पारिएको भिडियो बायोग्राफी प्रदर्शन गरिएको थियो ।

%d bloggers like this: