Thu. Apr 25th, 2024

काठमाडौं, २९ पुस । ‘लुट’ जस्तो सफल चलचित्र दिएका निर्देशक निश्चल बस्नेत ‘आइटम गर्ल’ को खोजीमा छन् । उनले आफ्नो दोस्रो प्रोजेक्ट ‘टलकजंग भर्सेस टुल्के’ का लागि ‘आईटम गर्ल’ खोजेका हुन् तर अहिलेसम्म उनले भनेजस्तो पाउन सकेका छैनन् ।
‘लूट’ मा ‘उध्रेको चोली’ चोली बोलको आइटम निकै हिछ भएको थियो । त्यसैले उनी आफ्नो दोस्रो प्रोजेक्टमा पनि यस्तै हिट आइटम राख्न चाहन्छन् । निश्चलले ‘उध्रेको चोली’  आइटम मेहेनत गरेरअनुसार हिट भएको बताए । टलकजंग भर्सेस टुल्के’ मा ‘नाच न मैंया नाच न’ बोलको आइटम गीतमा धुम मच्याउन सक्ने उनलाई ‘आईटम गर्ल’ चाहिएको छ । अहिले यो गीतका लागि अडिसन खुला गरिएको निर्माता रबिन्द्रसिंह बानियाँले बताए । समय सिमित रहेको भन्दै बानियाँले इच्छुकले चाचँडो फोटोसहित सम्पर्क गर्न आव्हन गरेका छन् ।
निर्देशक बस्नेतकै ब्यानर ब्ल्याक हर्स पिक्चसर्् र षटकोण आट्र्सको संयुक्त प्रस्तुतीमा ‘टलकजंग भर्सेस टुल्के’ निर्माण गरिएको हो । चलचित्रमा खगेन्द्र लामिछाने, दयाह्याङ राई, शुशांक मैनाली, ऋचा शर्मा, रविन्द्र वानियाँलगायतको मुख्य अभिनय देख्न पाइने छ । डार्क कमेडी चलचित्र भनिएका ‘टलकजंग भर्सेस टुल्के’ २८ चैत्रमा रिलिज गर्ने निर्माणपक्षको लक्ष्य छ ।

%d bloggers like this: