Fri. Apr 26th, 2024

तस्बिर हेर्नोस् त, केही फरक देख्नुभयो ? हो, फरक पक्कै छ । तस्बिरमा दायाँतिरकी बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा र वायाँतिरकीचाहिँ नेपाली चलचित्र ‘द मिस नेपाल’ की निर्मात्री तथा अभिनेत्री शुभेच्छा थापा हुन् तर तस्बिरको पोज र स्टाइल भने एउटै छ । माथिल्लो अंग माछाले छोपेको शर्लिनको तस्बिर केही वर्षअघि नै बलिउडमा चर्चामा आएको हो ।
अहिले आएर शुभेच्छाले आफ्नो चलचित्र ‘मिस नेपाल’ को प्रमोसनका लागि भन्दै खिचाएको तस्बिर त्यही बलिउडमा चर्चामा आइसकेको शर्लिनको स्टाइल कपि गरिएको छ । चलचित्रको कथा, एङ्गल र पोस्टर चोरीको आरोप खेपिरहेको नेपाली चलचित्र क्षेत्रमा यो यस्तो पछिल्लो उदाहरण हो, जसले तस्बिरका पोज पनि कपि गर्न थालिएको देखिन्छ ।

sherlyn-chopra

शर्लिन चोपडा, बलिउड अभिनेत्री

suvechha

शुभेच्छा थापा, नेपाली चलचित्रकी अभिनेत्री

%d bloggers like this: