Fri. Apr 26th, 2024

काठमाडौं, २९ पुस । राम्रो बनाए नेपाली चलचित्र पनि दर्शकले हेर्छन् भन्ने उदाहरण यो साता लागेका ‘पराई’ ,’६ एकान ६’ र ‘बितेका पल’ ले दिएका छन् । यी चलचित्रका निर्माताका अनुसार अहिलेसम्म चलचित्रको व्यापार सन्तोषजनक छ । ‘गोपीकृष्णको मिरा, अष्ट, गुणलगायतका सिनेमा हलमा राम्रो व्यापार छ’ चलचित्र पराईका निर्माता तथा अभिनेता गोविन्द शाहीले भने, ‘राजधानी बाहिरको पनि रिपोर्ट राम्रै छ ।’ ‘पराई’सँगै गएको शुक्रबार ‘बितेका पल’ र ‘६ एकान ६’ प्रदर्शनमा आएको हो । ‘६ एकान ६’ ले पनि राम्रै व्यापार गरिहेको जनाइएको छ ।
‘पराई’ ले दर्शकलाई आफ्नो बनाउन सफल भएको गोविन्द शाहीले बताए । दिवंगत शिव रेग्मीको दोस्रो अन्तिम चलचित्र भएकाले पनि ‘पराई’प्रति दर्शक आकर्षित भएको निर्माणपक्षको भनाइ छ । बाँचिञ्जेल चलचित्रमार्फत सुखदुःखका कुरा चित्रण गर्ने गरेका रेग्मीले आफू संसार त्यागेर गए पनि दर्शकको माया पाएका छन् । उनी सधैं मायाको अभाव ठान्थे तर उनी दर्शकका लागि सधै प्रिय थिए ।  र, पछिल्लो समय ‘पराई’ बाट पनि दर्शकको माया पाइरहेको निर्माता शाहीले बताए । ‘पराई’ एकपटक हेरेर दिवंगत रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न शाहीले दर्शकलाई अनुरोध गर्दै आएका छन् । र, दर्शकले पनि रेग्मीको अन्तिम कृति स्वरुप प्रर्दशन भइरहेको चलचित्रलाई माया गरेको शाहीले बताए ।
parai-pressmeet

parai-show2

%d bloggers like this: