Thu. Dec 5th, 2024

काठमाडौं, पुष २६ । मण्डला नाटकघर अनामनगरमा शुक्रबारदेखि नाटक मितज्यूको मञ्चन हुने भएको छ । दयाहाङ राईको परिकल्पना तथा निर्देशन रहेको नाटकलाई सोमनाथ खनालले लेखेका हुन् । पहिलोपटक नाटकको पनि प्रोमो (झलक https://www.youtube.com/watch?v=YLMwR9-5c9o&feature=youtube_gdata_player) सार्वजनिक भएको छ । निर्देशक दयाहाङ राईले फिल्म निर्देशक निश्चल बस्नेत र सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको ‘आइडिया’ भएको बताएका छन् ।
राजन खतिवडाको मञ्च परिकल्पना तथा बुद्धि तामाङको प्रकाश परिकल्पना रहने नाटकमा आधा सुर ब्याण्डको प्रत्यक्ष संगीत रहनेछ । नाटकमा नेपाली सँस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोको कथा भनिन्छ । नेपालमा मितेरी साइनोको बढी नै महत्व रहेको पाइन्छ । अझ राई, लिम्बू लगायतका जनजाति समुदायमा मितेरी साइनो अझ बढी घनिष्ठ मानिन्छ । नेपालको पूर्वेली पहाडतिर त अझ मानिस मानिसमा मात्र नभएर रुखविरुवासँग पनि मित लगाउने गरेको देखिन्छ । नाटक मितज्यूमा एकजना लिम्बू र माझीबीच लगाइएको मितेरी साइनो तथा तथा उनीहरुको संस्कारसँग सम्बन्धित च्याब्रुङ र डुंगाबीचको सम्बन्ध देखाइएको छ । नाटक एक महिनासम्म सोमबारबाहेक हरेक दिन अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन हुनेछ ।
नाटकको बारेमा
मितज्यू नाटक दुईजना बृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लाशब्याक’ कथा हो । उमेरमा असाध्यै रौंशे भएर बिताएका दुई मितहरु उमेर बित्दै जा“दा कस्तो अनुभव गर्छन् होला भन्ने कुराको अनुमान नाटकमा गरिएको छ । यो नाटक बुढेशकालको दुःख मात्रै होइन, बरु तारुण्यका रुमानी सपनाहरुको पुनरावलोकन पनि हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा प्रस्तुत गरिएको छ । मितेरी साइनोस“गै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ । नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीस“गै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ ।
रंगमञ्चीय प्रस्तुतिमा ‘मितज्यू’ मण्डला थिएटर नेपालको सातौं प्रस्तुति हो । यसअघि मण्डला थिएटर नेपालले माइला डट कम, चरणदास चोर, मिस जुली, घुङ्ग्रिएको कपाल, सुनकेशरी, डिग्री माइला तथा प्रयोगशाला नाटकको मञ्चन गरीसकेको छ ।

निर्देशक दयाहाङ राईको दृष्टिकोण
मनुष्य चोलामा, विशेषगरी हाम्रो सभ्यता र संस्कृतिमा, मितेरी साइनोले गजवको अर्थ राखेको हुन्छ । नाटक तयार गर्दैगर्दा मित लाउने चलन कहा“बाट कसरी शुरु भयो भन्ने कूतुहलता आफैंमा भएपनि मैले त्यसको जवाफ यो नाटकमा खोजेको छैन । सामान्यतः भन्दा मैले इतिहास खोतल्न यो नाटक तयार पारेको पनि होइन । नाटक गर्नुको पछाडि हरेकको आआफ्नो कारण र प्रक्रिया हुन्छ । मस“ग खास ठूलो कारण र प्रक्रिया छैन । साहित्य तथा कलाको भाषामा एउटा शब्दावली अत्यन्तै प्रख्यात छ– ‘क्लिसे’ । यसको अर्थ हुन्छ एकै किसिमका कामहरु दोहोरीरहनु । मैले नाटक गर्दा हरेकपटक यो शब्दको अत्यन्त नजिकबाट गुज्रीरहेको हुन्छु । अर्थात् म जहिले एउटै प्रक्रियाबाट काम गरीरहेको हुन्छु । एउटा अभिनेताको रुपमा काम गर्दा मलाई जहिले पनि चरित्र, स्थान, समय र उनीहरुको सम्बन्ध खोतल्न मन पर्छ । जव म निर्देशक भएर मञ्चमा उत्रिन्छु, म आफ्नो स्वाभाविक प्रक्रिया छोड्न सक्दिन । यो मेरो कमजोरी पनि हुनसक्छ । मैले गरीआएका सवै नाटकहरु चरित्र, स्थान, समय र उनीहरुको सम्बन्धको उपज हुन् । मितज्यू नाटक पनि म आफूले देखेभोगेका र सुनेका त्यस्तै चरित्र, स्थान, समय र त्यसबाट उब्जेको अनौठो सम्बन्धको एउटा ‘एक्सपेरिमेन्टल आउटकम’ हो जसमाथि मैले भौगोलिक–सा“स्कृतिक रंग भर्ने प्रयास गरेको छु ।
नाटकको पूर्वाभ्यास शुरुगर्नुअघि ‘मितज्यू’ एउटा कोरा विचार मात्र थियो । यो कोरा विचारलाई तन्काउन रंगकर्मी दाई राज थापा, कवि दाई उपेन्द्र सुब्बा, कवि साथी चन्द्रबीर तुम्बापो, साथीहरु निश्चल बस्नेत, रामबाबु गुरुङ, साम्तेन भुटिया र रवि शेर्माको ठूलो भूमिका छ । तन्किएको बिचारलाई नाटक बनाएर लेखे रंगकर्मी साथी सोमनाथ खनालले । मञ्च परिकल्पनाकारका रुपमा साथीहरु राजन खतिवडा र बिजय बरालले मेरो मष्तिष्क र नाटकको आलेखमा भएको भूगोललाई मञ्चमा दुरुस्तै ल्याइदिए । खोजेकैजस्तो भेषभूषा तयार पारे सिर्जना सुब्बा र नाजिर हुसेनले । साथी सजन थापा र बिकास जोशीले मैले देखाउन खोजेको सम्बन्धको कथालाई पोस्टरमा उतारिदिए । आधासुर ब्याण्डको संगीतले फेरि एकपटक उर्जा थपिदियो । मितज्यूको मञ्चमा उभिने हाम्रा सवै कलाकारहरुले नाटकलाई दृष्यावली बनाउन अथक मेहेनत गर्नुभएको छ । म सवैप्रति आभार व्यक्त गर्दछु ।
मञ्चमा (कलाकारहरु)
हर्कबहादुर चेम्जोङः बुद्धि तामाङ
रामबहादुर माझीः बिजय बराल
भउते परियारः सुलक्षण भारती
मनमाया सुब्बाः सिर्जना सुब्बा
बिर्खबहादुर चेम्जोङः उमेश तामाङ
अच्छाबहादुर राईः किरण सुनुवार
गाउ“ले यूवकहरुः मोहम्मद नाजिर हुसेन, बिकास जोशी, आर्जेश रेग्मी, प्रदिपकुमार चौधरी, सोमनाथ खनाल, सुरज ठकुरी, जलन लामिछाने, आर्यन गुरुङ, सारुक ताम्राकार, संयोग जीएन, बिशाल बिक्रम शिवाकोटी, अन्वेष थुलुङ आदि ।
गाउ“ले यूवतीहरुः सृजना अधिकारी, जुनु विष्ट, चन्दा राई, शारदा अधिकारी, मनिषा थापा आदि ।

नेपथ्यमा
मञ्च परिकल्पनाः राजन खतिवडा
मञ्च सहयोगीः बिजय बराल÷सुलक्षण भारती
मञ्च निर्माणः हुम बिसी÷उमेश तामाङ
प्रकाश परिकल्पनाः बुद्धि तामाङ
प्रकाश परिचालनः सुरज यादव
प्रत्यक्ष संगीतः आधा सुर ब्याण्ड
भेषभूषाः सिर्जना सुब्बा÷मोहम्मद नाजिर हुसेन
कोरियोग्राफः रवि शेर्मा
प्रचार सामग्रीः सजन थापामगर÷बिकास जोशी
बजार व्यवस्थापनः सोमनाथ खनाल÷प्रदिपकुमार चौधरी
कार्यालय व्यवस्थापनः नविना अर्याल
मञ्च व्यवस्थापनः प्रदिपकुमार चौधरी
नाट्य आलेखः सोमनाथ खनाल
परिकल्पना÷निर्देशनः दयाहाङ राई