Thu. Apr 25th, 2024

हिरोइन सेक्सी हुनैपर्छ ? जवाफ हिरोइनबाटै ‘चाहियो नि सेक्सीपन त ।’ बिडम्बना के भने, उनीहरुलाई कसैले सेक्सी भनेको होस् तर आफूलाई सेक्सी बताइरहेका छन् । यस मामिलामा पछिल्लो समय नीता ढुंगाना देखिएकी छन् । ‘हो म सेक्सी नै छु’ यी अभिनेत्रीले एउटा अनलाइनसँग भनेकी छन्, ‘मेरो आँखा खुबै सेक्सी छ ।’ तर उनले भनेजस्तो ‘नीता साह्रै सेक्सी छिन्’ भन्ने खाशै सुनिएको छैन बरु शालिन छिन्, अब यिनले केही गर्छिन्’ भन्नेचाहिँ चिया पसलतिर पनि सुन्ने गरिएको छ ।
सधैं सगरमााथा चढेको सपना देख्ने गरेकी नीताले फिल्म ‘६ एकान ६’ मा अभिनय गरेपछि नीतालाई सबै हास्य कलाकार ह्याण्डसम लाग्न थालेको छ । उनलाई हास्य कलाकार शिवहरि पौडेल साँच्चीकै ह्याण्डसम लाग्छ रे तर, बिडम्बना उनले दबंग हिरो सलमान खानलाई कहिलेकहिँ अंकमाल गरेको सपना देख्ने गरेकी रै’छ । नीताका लागि अहिलेसम्म केही नगुमाएकामा गर्व रहेछ । उनकै भनाइलाई यहाँ सापटी लिएको छ, ‘अहिलेसम्म मैले केही गुमाएकी छैन ।’

%d bloggers like this: