Wed. May 8th, 2024

भेनेजुएला, २४ पुस (एजेन्सी) । पूर्वमिस भेनेजुएला मोनिका स्पियर र ब्रिटिस मूलका उनका पति थोमस बेरीको बुधबार भेनेजुएलामा गोली हानी हत्या गरिएको छ । सो हमलामा उनीहरुका पाँच वर्षीया छोरी घाइते भएको बताइएको छ ।
अन्तर्राष्टिय समाचार एजेन्सीका अनुसार मोनिकाको पाँच वर्षीया छोरीको अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरका अनुसार उनको स्वास्थ्यस्थिति साधारण छ । मोनिका र उनका पतिमाथि प्यूर्तोस्थित काबेलो जाने सडकमा आक्रमण भएको थियो । सो विषयमा पुलिसले अनुसन्धान गरिरहेको जनाइएको छ ।
मोनिका सन् २००४ की मिस भेनेजुएला हुन् । मोनिकाले केही टीभी सिरियलमा अभिनय गरेकी छन् । प्रहरीका अनुसार मोनिका र उनका पति रातको समयमा हिडिरहेका थिए । उनीहरुमाथि डाकुले आक्रमण गरेको प्रहरी अनुमान छ ।

monika

%d bloggers like this: