Sat. Dec 9th, 2023

लस एञ्जल, २४ पुस (एजेन्सी) । हलिउड अभिनेत्री भेनेशा हडजन्सले ‘गिम्मी शेल्टर’ को भूमिकाका लागि वजन त बढाइन् नै, उनले आफ्नो कपालसमेत छोट्याइन् । स्लिम शरीर एक्कासी वजन बढाउँदा आफूलाई निकै असजिलो भइरहेको भेनेशाको भनाइ छ ।
‘फिल्ममा आफ्नो भूमिकाका लागि वजन बढाएकी हुँ, तर आफैलाई भद्दा लागिरहेको छ’ यी अभिनेत्रीले आफ्नो शरीर देखाउँदै भनिन्, ‘मोटो हुन साँच्चै गाह्रो रहेछ ।’
अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएअनुसार फिल्ममा भेनेशाले अविवाहित गर्भवती किशोरीको भूमिका गरेकी छन् । २५ वर्षीया भेनेसा भन्छिन्, ‘अवश्य यो फिल्मको सुटिङपछि नौलो महशुस भयो ।’ उनले आफू कोहो भन्ने समेत थाहा नभएको बताउँदै जान्न चाहेको बताइन् । उनले भनिन्, ‘जब घर आएँ त्यसपछि पूरै मलाई बकवासजस्तो पो लाग्यो ।’

%d bloggers like this: