Sat. Apr 20th, 2024

काठमाडौं, पुस २४ । नाटक निर्देशनमा आफ्नो दक्षता प्रमाणित गरिसकेका अनुप बराल निर्देशित फिल्म ‘फिटकिरी’ चैत्र ७ गते रिलिज हुने भएको छ । हाल अश्लेसा इन्टरटेन्मेन्टमा कलर मिलाउने काम भइरहेको निर्माता अर्जनुकुमारले बताए ।
फिल्ममा रंगमञ्चमै अभिनय गरेर खारिएका कलाकार सौगात मल्ल, दीया मास्के, निश्चल वस्नेतलगायतले अभिनय गरेका छन् । नेपालको शहरी क्षेत्रमा हुने अपराधलाई मुख्य विषय बनाइएको फिल्म पत्रकार यज्ञशले लेखेका हुन् ।

%d bloggers like this: