Thu. Apr 25th, 2024

काठमाडौं, २१ पुस । अभिनेता अर्पण थापा चलचित्र ‘मुखौटा’मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । थापा निर्देशित चलचित्र ‘मुखौटा’बारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, रक गायक रविन तामाङ, दयाहाङ राई, निशा अधिकारी सौगात मल्ल र हर्षिका श्रेष्ठको मुख्य अभिनय रहने छ ।
निर्देशक थापाकै कथा तथा पटकथा रहेको ‘मुखौटा’ सोमबारबाटै फ्लोरमा जाने बताइएको छ । सम्पूर्ण छायांकन काठमाडौंमा हुने यस चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कालीप्रसाद रिजालको संगीत र नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी रहेने भएको छ ।

%d bloggers like this: