Fri. Apr 26th, 2024

काठमाडौं, २१ पुस । यतिखेर अमेरिकी गायिका केली मेज काठमाडौंमा छिन् । यी गायिकालाई केही दिनमै राजधानीको बसन्तपुरस्थित मण्डलीमा गुञ्जिरहेको भेटिने छ । चर्चित ¥यापरसमेत रहेकी केली २७ पुसमा नेपालीदर्शक तथा श्रोतासमक्ष प्रस्तुत हुँदैछिन् ।
यी अमेरिकी गायिका केलीसगै भारतमा ¥यापर फेयागो पनि कन्सर्टमा सहभागी हुनेछन् । शिक्षा र गरिबीको क्षेत्रमा काम गर्दै आएका कमिटेटले प्रवासमा ज्यान गुमाएकाहरुको परिवारका बालबालिकाका लागि शिक्षामा खर्च जुटाउन कन्सर्टको गर्न लागेको हो ।
इभेन्ट संयोजक विवेक शेरचनका अनुसार परिवारको कमाउने सदस्यको मृत्युबाट बाँकी परिवारका बालबच्चाको बिचल्ली अवस्थालाई मध्येनजर गर्दै शिक्षित बनाउन कोष जम्मा गर्न कन्सर्ट गर्न लागिएको हो । ‘वि फियर साइलेन्स’ को निम्तोमा नेपाल आएकी केलीले यसअघि अंग्रेजी नयाँ वर्षको अघिल्लो सन्ध्यामा पुल्चोकको ‘मेकोनोप्सिस’ मा प्रस्तुत भएकीस् थिइन् ।  सन् २००७ बाट संगीतमा होमिएकी केलीले पाँच एल्बम निकाले सकेकी छन् ।

%d bloggers like this: