Wed. May 1st, 2024

काठमाडौं, २१ पुस । राजधानीबाट खोटाङ पुग्नलाई दुई वटा गाडी फेरिरहने झन्झट अन्त्य भएको छ । यातायात सुविधाले अब सिधैं खोटाङ–काठमाडौं जोडिएको छ । सोमबारदेखि दैनिक राजधानी–खोटाङ र खोटाङ–राजधानी सुमो सेवा सञ्चालनमा आउँदैछ ।
रुपकोट–हलेसी यातायात सेवाले सञ्चालनमा ल्याएको सुमो सेवाको आइतबार एक समारोहका बीच चर्चित गायक राजेशपायल राईले उद्घाटन गरे । उद्घाटनपछि गायक राइले भने, ‘अब सिधैं राजधानीबाट सुमो चढेर खोटाङ जान पाइने भयो । अब खोटाङबासीलाई सुविधा भएको छ ।’ तत्काललाई ८ वटा सुमो व्यवस्था गरिएको छ जसमध्ये राजधानीबाट चार र खोटाङबाट चार वटा सुमोले दैनिक सेवा गर्ने जनाइएको छ ।
यसअघि काठमाडौंबाट घुर्मी, कटारी र जयरामघाट हुँदै खोटाङ पुग्न दुई दिन लाग्थ्यो । राजधानीबाट चढेको गाडी उदयपुर र जयरामघाटमा एक्जेन्ज गर्नुपर्ने अवस्था थियो । तर सञ्चालनमा आएको सुमो सेवाले करिब १० घण्टामै दिक्तेल पु¥याउने सञ्चालक समितिका एक सदस्य कृष्ण कार्कीले बताए । उनका अनुसार बिहान ५ बजे हिडेको सुमो बेलुका ५ बजे दिक्तेल पुग्ने छ । कार्कीले २२ सय रुपैयाँ भाडा तोकिएको बताए । कार्कीले समाजिक सेवा र व्यवसायिक दुवै हिसाब सुमो सेवा सञ्चालनमा ल्याएको बताए । समितिमा कार्की, महेश तामाङलगायत सात जना रहेका छन् ।

%d bloggers like this: