Wed. Apr 24th, 2024

काठमाडौं, २० पुस । खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ । खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ किनकि, अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी चल्ने भएको छ ।
काठमाडौंं–खोटाङ चल्ने गाडीको आइतबार दिउँसो १ बजे चर्चित गायक राजेशपायल राईले गाडीको स्टेरिङ घुमाएर उद्घाटन गर्दैछन् । मनोरञ्जन संसारसँग कुरा गर्दै गायक राईले भने, ‘म खोटाङकै भएकाले उद्घाटन गर्न लागेको हुँ ।’ गायक राईले आफ्नै रेष्टुरेण्ट परिसर कमलादीमा गाडीको स्टेरिङमा बसेर काठमाडौं–खोटाङका लागि चल्ने गाडीको उद्घाटन गर्दैछन् ।
यसअघि काठमाडौंबाट कटारी हुँदै खोटाङ जानु पर्ने अवस्था थियो तर अब सिधै राजधानी र खोटाङ जोडिने भएको छ । यो सुविधा खोटाङेका लागि मात्र नभई सबैका लागि हुने गायक राईले बताए ।

%d bloggers like this: