Fri. Apr 26th, 2024

काठमाडौ, पुस २१ ।  बन्न लागेको फिल्म ‘जंगे’मा पाँच जना निर्देशकले अरुको एक्शन कटमा अभिनय गर्ने भएका छन् । फिल्म साघुरो निर्देशक जोएस पाण्डे, कर्कश निर्देशक आशिफ शाह तथा नव निर्देशक एमएस अग्रजको साथमा म्यूजिक भिडियो निर्देशक, भिजे तथा कलाकार सुरज सिंह ठकुरी र संगीत निर्देशक राजन इशानले ‘जंगे’मा अभिनय गर्ने पक्कापक्की भएको छ ।सुरज सिंह ठकुरी भने प्रमुख ‘जंगे’को भूमिकामा रहने छन । अन्य फिमेल कलाकारको भने छनोट भैरहेको निर्माण पक्षले बताएको छ । सुसन प्रजापतिको निर्माण तथा छायाँकन रहने यो फिल्ममा उज्जवल ढकालको सम्पादन ,अल्मोडा उप्रेतीको संगीत तथा सम्राट बस्नेतको द्धन्दनिर्देशन रहनेछ । फिल्मको कथा शान बस्न्यातले लेखेका हुन् । अष्ट्रेलियामा फिल्म निर्देशन पढेर आएका उत्कल थापाले ‘जंगे’ निर्देशन गर्ने छन । फिल्मलाई गोबिन्द शाहीले वितरण गर्ने छन ।

%d bloggers like this: