Fri. Mar 29th, 2024

काठमाडौं, २० पुस । उपराष्ट्रपति परमानन्द झाले मैथिली कला–संस्कृति तथा चलचित्रको उत्थान र विकासका लागि प्रचार–प्रसार आवश्यकता रहेको बताएका छन् । उपराष्ट्रपति झाले नेपालमा दोस्रो स्थानमा रहेको मैथिली भाषाको चलचित्र, सिरियल, गीतिको निर्माण गरी राष्ट्रिय च्यानलद्वारा प्रसारणका लागि आफूले सहयोग गर्ने बताए ।
मैथिली कला नेपाललगायत भारतमा समेत बजार रहेको भन्दै उनले मैथिली कला संस्कृतिको प्रचार आवश्यक रहेको धारणा राखे । शनिबार मधेश मिडिया हाउसले आयाजेना गरेको ‘मैथिली सिने संसार’ को दोस्रो वार्षिकोत्सवको अवसरमा बोल्दै उपराष्ट्रपति झाले मैथिली क्षेत्रको कला संस्कृति विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा गायक तथा सगीतकार गुरुदेव कामतले मैथिली चलचित्रका लागि लगानीकर्ता भएपनि स्तरीय फिल्मको अभावले दर्शकमाझ स्थान लिन नपाए बताए । उनले यसका लागि तालिम केन्द्रको स्थापना हुनुपर्ने उपराष्ट्रपति झासँग आग्रह गरे । कार्यक्रममा मैथिली चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याएका सात जना सिनेकर्मीलाई दोसल्ला ओढाई सम्मान पत्र र २३ जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता मैथिली सिने संसार त्रैमासिक पत्रिकाका प्रकाशक कमल मण्डलले गरेका थिए भने कार्यको संचालन सरोज खेलाडीले गरेका थिए । मैथिली चलचित्रको उत्थानको लागि डा. गंगाप्रसाद अकेला, गायक रामा मण्डल, प्राज्ञ रामभरोष कापडी ‘भ्रमर’लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

%d bloggers like this: