Fri. Mar 29th, 2024

काठमाडौं, २० पुस । ‘नवौं मिस नेवा’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा पस्तुत गरे । शनिबार ललितपुरको ग्वार्कोस्थित ‘१९९९ एडी’ पाटी प्यालेसमा आयोजित ‘ट्यालेन्ट शो’अन्तगर्त प्रतियोगीले नृत्य, गीत तथा वतृत्वकला प्रस्तुत गरेका थिए । नेप्लीज फेसन होमद्वारा आयोजित ‘मिस नेवाः ११३३’ मा २३ प्रतियोगी स्पर्धी छन् ।
कामनपाका कार्यकारी उप–निर्देशक सनतकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न ‘ट्यालेन्ट शो’ मा नेपाल ट्रेड ओभरसिजका मार्केटिङ म्यानेजर अमरज्योति रञ्जित, बुटिक एसोसियसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, फोटोग्राफर राजभाई सुवाल, जोर गणेश सहकारी संस्थाका अध्यक्ष पवित्र बज्राचार्य, पूर्वमिस नेवा सुदिना श्रेष्ठ, ईको डिजाइन ज्वेलर्सका निर्देशक आलिका ताम्राकार, चाइल्ड प्रोटेक्सनका अध्यक्ष खगेश रञ्जितकार र युएफओका मार्केटिङ म्यानेजर सचिन श्रेष्ठ निर्णायक थिए ।
‘ट्यालेन्ट शो’ मा अधिकांश प्रतियोगीले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए भने केहीले वक्तृत्वकला प्रस्तुत गरे । ‘ट्यालेन्ट शो’ को उत्कृष्ट छनोट अन्तिम स्पर्धाका दिन घोषणा गरिने छ । साथै, शनिबार नै प्रतियोगीलाई दरबारमार्गस्थित गीताञ्जली ज्वेलर्सको भ्रमण गराइएको छ । सो ज्वेलर्सले ‘मिस नेवा’ उपाधि विजेतालाई १ लाख रुपैयाँ बराबरको ताज प्रायोजन गर्न गर्ने फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।

miss news4

miss newa 3miss news 2miss newsmiss newa 6

%d bloggers like this: