Thu. Apr 25th, 2024

सात वर्षअघि भएको घटना हो यो। न्युयोर्कनिवासी ग्रेग कासारोना कुमार थिए। एक्काइस वर्षे ग्रेग …अलि बढी नै स्वस्थ’ थिए अर्थात् मोटे थिए। करिब दुई सय केजी वजन थियो उनको।
जेन गेराकारिससँग उनको प्रेम परेको थियो। एक महिनापछि ग्रेग र जेनले आफ्नो सम्बन्धलाई अर्काे तहमा पुर्‍याउने निधो गरे। कुमार ग्रेग अत्यन्त उत्सुक थिए। पहिलो सेक्समा जो पनि हुन्छ।
त्यो घडी आयो। जेन ब्रा र प्यान्टी खोलेर तयार भइन्। र, बिस्तरामा पल्टिएर ग्रेगलाई आमन्त्रण गरिन्। ग्रेगलाई इशारा बुझिहाले।
‘ऊ कुमार छ भन्ने मलाई थाहा थियो,’ जेनले सम्भि्कइन्, ‘एक महिनादेखि हामी डेटिङ गरिरहेका थियौँ। उसले कुनै कदम नचालेपछि मैले नै चालेकी थिएँ।’
अत्यन्त उत्साही र उत्तेजित ग्रेग सम्भोगातुर भए। तनसँग तनको मिलन भयो। अति उत्तेजनामा स्थुल ग्रेगले पातली जेनको टाउको भित्तामा ठोक्काइदिए। भित्ताको प्लास्टर फुटेर जेनको टाउको भित्तामा पस्यो। उनी बेहोस भइन्।
‘आफ्नी मायालु जेनको हत्या भयो भन्ने लाग्यो मलाई र म आतंकित भएँ,’ ग्रेगले सम्भि्कए।
केही बेरपछि जेनको होश आयो।
‘होश आउनेबित्तिकै जेनले भनिन्, ‘तिमीले किन रोकेको?’ म त चकित भएँ,’ ग्रेगले सम्भि्कए।
ईआर नामक अमेरिकी रियालिटी शो असाध्यै चर्चित छ। ईआर भनेको इमर्जेन्सी रुमको छोटकरी हो। यस कार्यक्रममा सिकागो, इलिनोइसस्थित काउन्टी जनरल हस्पिटलको परिकल्पना गरिएको छ। अस्पतालका डाक्टर, नर्स र कर्मचारीले देखेभोगेका मेडिकल केसलाई ईआरमा नाट्य रूपान्तरण गरेर प्रस्तुत गरिन्छ।
डिसेम्बर २८ मा ईआरमा एक नाट्य रूपान्तरण प्रसारण गरिएको छ ।’

%d bloggers like this: