Sat. Apr 27th, 2024

काठमाडौं, पुस २०। संविधानसभामा कलाकारको प्रतिनिधित्व नभएको कुरा घुइरो घुइरो सुनिन्छ। फिल्मकर्मी, गायकगायिका जसको जमघटमा पनि यस पटक कलाकार नसमेटिएको गफ हुन्छ। आफू समानुपातिकबाट नसमेटिएपछि भुवन केसीले पनि कलाकारको प्रतिनिधित्व नभएको  बताएका  थिए। तर, संविधानसभामा एक होइन, दुई जना कलाकार पुगेका छन्।
सायद धेरैले सुनेको हुनुपर्छ, ‘आधा आकाश आधा धर्ती हाम्रै हो’ भन्ने गीत। हो, यस्तै जनचेतनामूलक गीतकी गायिका मधु गुरुङ समानुपातिकमा परेकी छिन्। पचास वटाभन्दा बढी एल्बममा तीन सयभन्दा बढी गीतमा स्वर दिएकी छिन् उनले। उनी एमालेको तर्फबाट समानुपातिकमा समेटिएकी हुन्। त्यसैगरी अर्का चर्चित जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई एमाओवादीले समानुपातिकबाट सभासद् बनाएको छ। उनले ‘आमा दिदीबहिनी हो’लगायत दर्जनौँ लोकप्रिय गीत गाएका छन्।
jb

%d bloggers like this: