Tue. Apr 16th, 2024

जवान युवती दुईदिनसम्म घरबाहिर बस्यो भने घरकाले के सोच्लान् हँ ? तर, अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले दुई रात घरबाहिर बस्ने प्रस्ताव सहजै स्वीकारेकी छन् ।
पछिल्लो समय ‘द मिस नेपाल’ नामक चलचित्र निर्माण गरेकी शुभेच्छाले रियलमा नभई ‘रिल’ प्रस्ताव स्वीकारेकी हुन् । मोडलिङ क्षेत्रमा संघर्षरत युवतीको विषयमा आधारित ‘द मिस नेपाल’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ, जसमा निर्मात्रीसमेत रहेकी अभिनेत्री शुभेच्छाले घरभन्दा टाढा दुईदिन बस्ने प्रस्ताव स्वीकारेको देखाइएको छ । चलचित्रमा शुभेच्छा र अर्की मोडल तथा अभिनेत्री क्षितिजा शाक्य संघर्षरत मोडलको भूमिकामा छन् तर क्षितिजाले आफ्नो भूमिका छोट्याएको भन्दै प्रमोसनमा सहभाागी नजनाउने बताउँदै आएकी छन् ।
सुरेन्द्र तुलाधर निर्देर्शिन ‘द मिस नेपाल’ मा शुभेच्छा र क्षितिजाका अलावा कल्याण घिमिरे, सुरज सिजापति, सविन श्रेष्ठ, सोनु केसी, नविन श्रेष्ठलगायतको मुख्य अभिनय छ । यस चलचित्रलाई सेन्सर बोर्डले ‘पीजि सटिफिर्केट’ दिएको छ ।

%d bloggers like this: