Sat. Apr 27th, 2024

मुम्बई, पुस १९ । बलिउड अभिनेता जोन अब्राहमले सुटुक्कै बिहे गरेका छन् । बैंकर प्रिया रुचालसँग गुपचुपमा बिहे गरेको खुलासा उनलै गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार जोन र प्रिया तीन वर्षयता डेटिङमा थिए । जोनले गुपचुपमै बिहे गरेको समाचार त्यतिकै आएका होइन । उनले आफ्नो टिव्टर वालमा स्टाटस पोस्ट गरेपछि समाचार बाहिर आएको हो । जोनले नयाँ वर्षको अवसरमा ट्विट गरेका थिए्, ‘यहाँहरु सबैलाई नयाँ वर्ष २०१४ को शुभकामना ।’ उनले अन्तिममा लेखेका थिए, ‘जोन र प्रिया अब्राहम ।’ यसरी आफ्नी प्रेमिकालाई ‘अब्राहम’ भनेपछि जोन र प्रियाले बिहे गरेको रहस्य खुलेको हो ।
प्रिया इन्भेस्टमेन्ट बैंकर हुन् । प्रिया र जोनको पहिलो भेट सन् २०१० मा भएको थियो । यसअघि जोन र बलिउड अभिनेत्री बिपासा बासुबीच लामो सकय प्रेमसम्बन्ध थियो । उनीहरुबीच बिहे गरेका हल्लासमेत आएको थियो ।

%d bloggers like this: