Wed. Apr 24th, 2024

काठमाडौँ, १९ पुस । कला र साहित्य क्षेत्रको विकासका लागि राज्यले ध्यान दिनु आवश्यक रहेको राष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । राष्ट्रपति निवास शितल निवासमा शुक्रबार गीतकार तथा अर्थमन्त्री एसपी कोइरालाको गीति एल्बम ‘उत्साह’ को विमोचनपछि राष्ट्रपति डा. यादवले यस्तो धारणा राखेका हुन् । उनले जतिचाँडो संविधानसभाको बैठक बोलाएर जनताको अपेक्षाअनुसार काम गर्न राजनीतिक दललाई आग्रहसमेत गरे ।
संगीतकार आलोकश्रीद्वारा संगीतबद्ध ‘उत्साह’ मा जम्मा दशवटा गीत समावेश छन् । कार्यक्रममा राष्ट्रपति डा. यादवले एक प्रशंगमा भने, ‘चाँडोभन्दा चाँडो संविधानसभाको बैठक बोलाएर जनताको अपेक्षाअनुसार काम गर्न सबैलाई मेरो आग्रह छ ।’ कार्यक्रममा गीतकार कोइरालाले सत्ता र सिर्जना भनेका अलग अलग पाटो भएको भन्दै समन्वय गर्नसके दुवैलाई सँगै लैजान सकिने धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेले गीतसंगीतको जर्गेना गर्नु राज्यको कर्तव्य भएको आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलालगायतको उपस्थित थियो ।

%d bloggers like this: