Thu. Mar 28th, 2024

काठमाडौं, १९ पुस । अभिनेता जीवन लुइँटेल अब चाँडै भोजपुरी भाषाको चलचित्रमा देखिने भएका छन् । नेपाली चलचित्रमा व्यस्त रहेका जीवन ‘महासंग्राम’ मा देखिने भएका हुन् । भोजपुरी र नेपाली भाषामा निर्माण हुुने ‘महासंग्राम’ मा जीवन र सिमा केसी ‘अनस्क्रिन’ रोमान्स देख्न पाइने छ ।
चलचित्रको निर्माण तथा निर्देशन बिएस बलामीले गर्न लागेका हुन् । निर्देशक बलामीले भने, ‘महासंग्राममा जीवनलाई लिएर काम गर्दैछु ।’ भोजपुरी भाषामा बन्ने उक्त चलचित्रमा काम गर्न जीवन राजी भएको बलामीले बताए । उनका अनुसार ‘महासंग्राम’ रोमान्स तथा एक्शन थ्रीलर चलचित्र हो, जसमा जीवन र सिमा मुख्य भूमिकामा देखिने छन् ।
माघको अन्तिम साताबाट छायांकन हुने ‘महासंग्राम’ मा जीवन र सिमाका अलावा अनिल शाह र नन्दुश्री वास्तवको पनि मुख्य अभिनय रहने छ । चन्द्र चौधरीको निर्माण रहने चलचित्रको छायांकन पूर्वी तराईका विभिन्न जिल्लाका हुने बलामीले बताए ।

sima kc

%d bloggers like this: