Fri. Apr 26th, 2024

मुम्बई, १८ पुस (एजेन्सी) । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली हिजोआज डेटिङमा रमाइरहेका छन् । यी दुईको रोमान्सले अहिले बलिउड तताएको छ । कुरा नयाँ वर्षकै अवसरको हो ।
कोहली नयाँ वर्ष मनाउन ३१ डिसेम्बरमा साउथ अफ्रिकाबाट फर्केका थिए तर उनी आफ्नो घर गएनन् । कोहली एयरपोर्टबाट सिधैं अनुष्काको घर पुगे । स्रोतका अनुसार कोहली साउथ अफ्रिकाबाट अनुष्काकै लागि भारत आएका हुन् । कोहलीले बुधबारको रात अनुष्काकै घरमा बिताएको बबताइएको छ ।
रमाइलो कुरा त के भने टिमका सबै सदस्य आ–आफ्नो बाटो लागि सक्दा पनि कोहली मुम्बई इन्टरनेशनल एयरपोर्टमा अनुष्कालाई फेर्केर बसिरहेको देखिन्थे । केही समयको प्रतिक्षापछि अनुष्का आइपुगेकी थिइन् । र, उनीहरु मध्यरातमा ग्रे कलरको रेन्ज रोवरमा त्यहाँबाट हुँइकिएका थिए ।
केही समयअघि कोहली र अनुष्काले एक स्याम्पुको विज्ञापनमा  मोडलिङ गरेका थिए । त्यसपछि नै उनीहरु नजिकिएको बताइन्छ तर, कोहली र अनुष्का आफ्नो सम्बन्ध लुकाउने प्रयत्नमा छन् । यसअघि पनि उनी मुम्बईको एक रेस्टुरेन्टमा सँगै देखिएका थिए ।

Anushka-Sharma-face

 

%d bloggers like this: