Fri. Apr 19th, 2024
अभिनेता अर्पण थापाको निर्देशन रहने फिल्म ‘मुखौटा’को फस्टलुक पोस्टर रिलिज गरिएको छ । अंग्रेजी बर्ष २०१४ को अवसरमा सार्बजनिक गरिएको पोस्टरमा अभिनेत्री निशा अधिकारी र अर्पण लाई प्रतिविम्वलाई देखाइएको छ ।
‘मुखौटा’ का पटकथाकार, कलाकार तथा निर्देशक अर्पण थापाले जनावरी ६देखि फिल्म सुटिङमा जाने जानकारी दिए । फिल्मको सम्पूर्ण छायाँकन काठमाडौंमा हुनेछ । डार्क क्राइमको फिल्ममा अर्पण थापासँगै निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ । ‘
मुखौटा’ रिफ इन्टरनेटमेन्टको प्रस्तुतीमा चन्द्र पन्तको एक्शन, कालीप्रसाद रिजालको संगीतमा नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी रहेको छ । फिल्मको पटकथा अर्पण र प्रतिक गुरुङले लेखेका हुन् । अभिनेता थापाले यसअघि ‘धन्दा’ फिल्ममा कथा एवं ‘मौन’ फिल्ममा पटकथा तयार गरेका थिए ।
%d bloggers like this: