साँच्चै माओवादको सिद्धान्तको अंगीकार कसले गरेको छ ? पुष्पकमल दाहाल प्रचण्डले माओवादको धर्म धानेनन् भनेर मोहन बैद्य किरणले अर्कै पार्टी खोलेर ड्यास माओवादी बनाए । एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश पनि रियल माओवादी हुनकै लागि फरक मत राखेको राख्यै गरिरहेका छन् । तर, पोहोर टिका लगाइएर माओवादी भएकी हिरोइन रेखा थापा पो भन्छिन्, ‘रियल माओवादी म हुँ ।’ यसका पछाडि उनका कारण छन्, ‘चिल्ला कार चढ्ने र आठपहरिया राख्नेले कसरी साम्यबादलाई न्याय गर्न सक्छन् ।’ राउटे बच्चालाई पढाउन थालेकी उनी आफू समान समाजको निर्माणमा लागेको तर्क गर्छिन् । साप्ताहिक पत्रिका शुक्रवारसँग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । ‘रेखा, राजनीति र राउटे’ शीर्षकमा छापिएको उक्त लेखमा प्रचण्डलाई पार्टी सुधार्न घरबाटै थाल्न सुझाएकी छिन् । भनेकी छिन्, ‘प्रचण्ड बा पार्टी ठूलो बनाउने हो भने घरबाटै सुधार थाल्नुहोस्, पहिला छोरा–बुहारी सपार्नुहोस् ।’
रेखा पो रियल माओवादी रे
Byadmin
Jan 2, 2014Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021