Thu. Apr 25th, 2024

पोखरा, १८ पुष । द ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा फिल्म ‘नाईके’ निर्माण हुने भएको छ । निर्माण कम्पनीले अँग्रेजी नयाँवर्षको अवसर पारेर फिल्मको पोखरामा घोषणा गरेको हो । केहि दिनमा फिल्मको सुटिङ शुरु हुनेछ ।
नेत्र गुरुङले निर्देशन गर्ने फिल्ममा नाईकेको भुमिकामा  आर्यन सिग्देल देखिदैछन् । फिल्ममा नायक रेम बिक र बोधराज रेग्मी पनि कलाकारका रूपमा देखिदैछन् । घोषणा कार्यक्रममा नायिकाको नाम भने खुलाईएन । ‘नायिकाको विषयमा कुराकानी भैरहेको निर्देशक नेत्र गुरुङले भने ।
पोखराकै निर्माताहरुको लगानीमा निर्माण हुन लागेको फिल्मले ग्याङस्टारहरुको कथा बोक्ने जानकारी दिईयो । ‘फिल्मले ग्याङस्टारका आत्मव्यथा, उसलाई हेर्ने सामाजिक नजर, देशको राजनीतिक चलखेल, भावनात्मक सम्बन्धका किस्साहरु र विभिन्न सामाजिक परिवेशहरुलाई समेट्छ,’ फिल्मका लेखक समेत रहेका निर्देशक गुरुङले भने- ‘आर्यन सिग्देललाई यो फिल्ममा नितान्त भिन्न रुपमा प्रस्तुत गर्न लागेका छौँ ।’ फिल्म आगामी नेपाली नया वर्षा पछि प्रदशन मा आउने छ।

%d bloggers like this: