Thu. Apr 25th, 2024

काठमाडौं, १७ पुस । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले १७ माघमा मलेसियामा ‘छैटौ नेफ्टा फिल्म अवार्ड’ गर्ने भएको छ । अवार्डको तिव्र तयारी भइरहेको नेफ्टाले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा नेफ्टाको तयारी र आयोजना हुन लागेको र हलको बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा अवार्ड हुने हल सेतिआलमको सेतियाजयाको दृश्यसमेत देखाइएको थियो । उक्त हलका लागि आयोजकले करिब १७ लाख नेपाली रुपैया वुझाएको जनाएको छ ।
माघ १७ गते हुने अवार्डका लागि नेपालबाट १ सय जनाको टोली मलेसिया पुग्नेछन् । आयोजकले ५५ रिङगेटमा दर्शकले कार्यक्रम हेर्न पाउने जनाएको छ । कार्यक्रममा मलेसियाबाट आएका रजितलाई नेपाली टोपी पहि¥याइदिएर स्वागत गरिएको थियो । मलेसियामा हुने अवार्डका लागि आफूले सक्दो सहयोग गर्ने रजितले बताए । यस्तै कार्यक्रममा हालै मात्र मलेसिया पुगेर आएका कलाकार सुनिल थापाले अवार्ड तयारी र त्यसका लागि आइपर्ने विभिन्न समस्याको बारेमा जानकारी गराएका थिए । मलेसियामा अवार्ड गर्नको लागि निर्माता सुवास गिरीको प्रयासले सम्भव भएको हो ।

%d bloggers like this: