Sat. Nov 23rd, 2024

साँच्चै माओवादको सिद्धान्तको अंगीकार कसले गरेको छ ? पुष्पकमल दाहाल प्रचण्डले माओवादको धर्म धानेनन् भनेर मोहन बैद्य किरणले अर्कै पार्टी खोलेर ड्यास माओवादी बनाए । एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाश पनि रियल माओवादी हुनकै लागि फरक मत राखेको राख्यै गरिरहेका छन् । तर, पोहोर टिका लगाइएर माओवादी भएकी हिरोइन रेखा थापा पो भन्छिन्, ‘रियल माओवादी म हुँ ।’ यसका पछाडि उनका कारण छन्, ‘चिल्ला कार चढ्ने र आठपहरिया राख्नेले कसरी साम्यबादलाई न्याय गर्न सक्छन् ।’ राउटे बच्चालाई पढाउन थालेकी उनी आफू समान समाजको निर्माणमा लागेको तर्क गर्छिन्  । साप्ताहिक पत्रिका शुक्रवारसँग कुरा गर्दै उनले यस्तो बताएकी छिन् । ‘रेखा, राजनीति र राउटे’ शीर्षकमा छापिएको उक्त लेखमा प्रचण्डलाई पार्टी सुधार्न घरबाटै थाल्न सुझाएकी छिन् । भनेकी छिन्, ‘प्रचण्ड बा पार्टी ठूलो बनाउने हो भने घरबाटै सुधार थाल्नुहोस्, पहिला छोरा–बुहारी सपार्नुहोस् ।’