Tue. Apr 23rd, 2024

काठमाडौं, १७ पुस । अभिनेत्री महिमा सिलवाललाई हेर्दा जति चञ्चल र फरासिली लाग्छिन् त्यति नै प्रष्ट विचारकी छ्न्। उनले यौनका विषयमा व्यक्त गरेको भनाइले यस्तै पुष्टि गर्छ । मन मिल्यो भने सेक्सका लागि विवाह गर्न आवश्यक नरहेको उनको धारणा छ । यी अविवाहित अभिनेत्रीले हालै ‘हट नेपाल’ नामक नेपाली म्यागजिनलाई दिएको अन्तवार्तामा यौनबारे निकै खुलेकी छन् । उनले एक प्रशंगमा भनेकी छन्, ‘म अविवाहित हुँ तर भर्जिन केटी होइन ।’ उक्त म्यागजिनले अन्तवार्ता फिचरसहित महिमालाई आवरण पृष्ठमा स्थान दिएको छ ।
अन्र्तवार्तामा उनले एक वर्षअघि पहिलो सेक्सको अनुभव लिएको बताएकी छन् । आफू अविवाहित भएर पनि भर्जिन नभएको बताउँदै महिमाले भनेकी छन्, ‘म भर्जिन केटी अवश्य होइन । यो उमेरमा आइपुग्दा प्राय आधुनिक केटीले भर्जिनिटी गुमाइसकेका हुन्छन्, जुन स्वभाविक पनि हो । एक वर्षअघि मेरो लभरसँग सम्बन्ध भयो । त्यो नै मेरो पहिलो सेक्स अनुभव हो ।’ साथै उनले रमाइलो गर्ने क्रममा कहिलेकहीँ ब्लु फिल्म हेर्ने गरेको समेत पत्रिकालाई बताएकी छन् । उनले भनेकी छन्, ‘ब्लु फिल्म हेर्ने नयाँ पुस्तालाई म नराम्रो भन्ने छैन ।’ छोटो समयमै थुप्रै फिल्ममा अभिनय गर्न भ्याएकी महिमा पछिल्लो दिनमा व्यस्त अभिनेत्रीका रुपमा चिनिन्छिन् ।

%d bloggers like this: