Sat. Apr 20th, 2024

एक रुसी कलाकारले काँटी ठोकेर आफ्ना गुप्तांगलाई भुइँमा टाँसेका थिए । मस्कोस्थित रेड स्क्वायरमा उनले यो पीडादायी र अनौठो काम गरेका थिए । रुसको ‘पुलिस राज’ को विरोध गर्न उनले यसो गरेका थिए । त्यही दिन रुसले राष्ट्रिय पुलिस दिवस मनाएको थियो ।
नग्न प्योटर पाभ्लेन्स्कीले आइतवार दिउँसो यो कारनामा गरेका थिए । पुलिसले उनलाई पहिले अस्पताल पु¥यायो र त्यसपछि हिरासतमा लियो । अदालतले सामान्य गुन्डागर्दीको आरोप खारेज गर्दै उनलाई मुक्त ग¥यो ।
सन् २०१२ मा पनि उनले यस्तै काम गरेका थिए । ‘पुसी रायट’ नामक महिला ब्यान्डका सदस्यलाई गिरफ्तार गरेको विरोधमा उनले आफ्नो मुख सिलाएका थिए ।

%d bloggers like this: