Fri. Apr 26th, 2024
‘लेस्टस् क्लच द फेम’ नारा बोकेको रिपब्लिका मिस टिन २०१३ को उपाधि १७ वर्षे साम्भवी रिमालले जितेकी छन्। मुख्य उपाधिसँगै उनले मिस ट्यालेन्ट र ड्रेसको उपाधि समेत जितिन्। मंगलबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा फस्ट रनरअप ज्योति सुनुवार र सेकेन्ड रनरअप मोक्षादा उप्रेती घोषित भए।
काठमाडौं जेसिसले गरेको मिस टिनमा २० प्रतियोगीले सहभागिता जनाएका थिए। यसबाहेक काठमाडौं जेसिसले ‘लिटिल लेडी ट्यालेन्ट’ र ‘मिस नेपाल’को पनि आयोजना गर्ने गरेको छ । विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न प्रतियोगितामा पाँच उपविधामा समेत उपाधि वितरण गरिएको थियो। जस अनुसार ‘मिस फोटोजेनिक’ लक्ष्मी शाही, ‘पर्सनालिटी’ वर्षा थापा, ‘फ्रेन्डसिप’ विपासना श्रेष्ठ, ‘डिसिप्लेेन’ ज्योति श्रेष्ठ र ‘पपुलर’ सुदिक्षा पुडासैनी घोषित भए। विजेता रिमालले उपाधिसहित विभिन्न गिफ्ट ह्याम्पर जितेकी छिन्। उपाधि जितेसँगै उनले नेपालको ‘ग्रीन अफिसर एम्बेस्डर’ बन्ने सौभाग्य समेत प्राप्त गरिन्। उनी नेपालको प्रतिनिधित्व गरेर साउथ एसियाली राष्ट्रको युवा सञ्जालमा सहभागी हुने जानकारी आयोजक काठमाडौं जेसिसका अध्यक्ष चन्द्ररवि श्रेष्ठले गराए।
‘मिस टिनले युवतीहरुलाई प्लेटफर्म दिएको छ। उनीहरुले यस प्लेटफर्मलाई अवसरको रुपमा लिएर अघि बढ्न सके सकारात्मक सन्देश जाने छ। यसको लागि काठमाडौं जेसिस उनीहरुसँग सहकार्य गर्न हरदम तयार छ,’ उनले भने। कार्यक्रममा निर्णायकको भूमिका पूर्व मिस नेपाल मलिना जोशी, रविना देशराज श्रेष्ठ, प्रशान्त ताम्राकार, भोलेश्वर दुलाल, जयराम लम्साल र डा. सुधांशु केसीले निर्वाह गरेका थिए।यसअघि राजधानीको सर्वनाम थियटरमा दुई हप्ता चलेको कार्यशालामा सहभागी किशोरीहरुलाई कोरियोग्राफर एलिना श्रेष्ठले प्रशिक्षण दिएकी थिइन्। १६ देखि १९ वर्षका युवतीको सहभागिता रहेको प्रतियोगितामा काठमाडौं, ललितपुर, धरान, पोखरा र भक्तपुर लगायतका सहरबाट आएका युवतीहरुले भाग लिएका थिए।
%d bloggers like this: