Sat. Apr 27th, 2024

एकजना महिलाले एकैसाथ १० शिशु जन्माए भन्ने सुन्दा अचम्म लाग्नसक्छ तर कुरा सत्य हो । भारतको मध्यप्रदेशस्थित रिवा सहरमा एकजना महिलाले एकैपटक १० शिशुको जन्म दिएकी छन् । विडम्बना, ती सन्तान अपरिपक्वताका कारण कुनै शिशु जीवित रहन सकेन ।
मध्यप्रदेशको सतना जिल्ला, रन्नैही थानात्रकी २८ वर्षीया अञ्जु कुशवाहाले एकैसाथ १० शिशुलाई जन्म दिएकी हुन् । १० वर्षअघि बैवाहिक जीवनमा बाँधिएकी अञ्जुले पहिलोपटक यी मृत शिशुको जन्म दिएकी हुन् । अञ्जुले स्थानीय समयअनुसार आइतबार राति ११ बजे स्थानीय मेमोरियल अस्पतालमा शिशुको जन्म दिएको पति सञ्जय गान्धीले बताएका छन् । उनका अनुसार अस्पताल पुग्नुअघि बाटोमै सन्तान र अस्पतालमा एक शिशुको जन्म दिएकी हुन् । १०औं शिशुलाई भने गर्भाशयबाट निकालिएको थियो । हाल अञ्जुको उपचार भइरहेको एजेन्सीले जनाएको छ । यस घटनालाई चिकित्सा क्षेत्रमा अनौठो मानिएको छ भने यस विषयमा  अनुसन्धान सुरु गरिएको छ । अञ्जुका पति गान्धीका अनुसार  अस्पतालका सहायक प्रमुख डा. एसके पाठकले गर्भ रोक्न धेरै मात्रामा औषधिको प्रयोग गरेकाले घटनाको वास्तविकता पत्ता लगाउन कठिनाइ भएको छ ।

%d bloggers like this: