Fri. Mar 29th, 2024

चलचित्र सौर्य निर्माण कम्पनी हाकिम एन्टेर्टैन्मेन्ट्ले नेपाल व्हील्चेअर बस्केटबल टिमलाई सौर्यको टीसर्ट बितरण गरेको छ । कार्यक्रममा टीसर्ट बितरणका साथमा चियापान कार्यक्रम पनि गरिएको थियो । चलचित्रको प्रचार मात्र नभै देशका शान खेलाडी त्यो पनि व्हील्चेअरको मार्फत बस्केट्बल खेल्ने खेलाडिको हौसला बढाउनका निम्ती पनि उक्त कार्य गरिएको चलचित्रका निर्मता सुरेन्द्र गुरुङ हाकिमले जानकारी दिए । नेपाल व्हील्चेअर बस्केट बल टिमले गत हप्ता मलेसियामा भएको ३५ देशको व्हीलचेअर बस्केटबल प्रतियोगितमा पाचौँ स्थान हासिल गरेको र अब डिसेम्बरमा भारतमा पनि  भाग लिन जने कुरा नेपाल व्हील्चेअर बस्केट बल टिमका कप्टैन हिमाल अर्यालाले जानकारी दिए ।
चलचित्रलाई हाकिम एन्टेर्टैन्मेन्टको ब्यानरमा सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन, भने निर्देशन् मार्कण्डे दिपविम बस्नेतको रहेको छ । राजेश हमालको बिषेश् भूमिकामा सौगात मल्ल, अनुप बिक्रम शाही, हेमा श्रेष्ठ, सुशिल पोख्रेल, रबी बस्नेत, रबिन्द्र खड्का आदिको अभिनय रहेकोछ । सौर्यको कथा सुबाश सिंह बस्नेतले लेखेका हुन भने संगीत सीक्स फोर बिट्को, छयाँन्कन रामेश्वोर कार्की, सम्पादन चन्दन दत्तको रहेको छ

%d bloggers like this: