Thu. Apr 25th, 2024

विष्णु शाही, नेपालगञ्ज
प्राय चाडपर्व, घरायसी भेटघाट यात चलचित्रको प्रचार प्रसारमा क्रममा गृह जिल्ला आउने नायक तथा निर्माता गोविन्द शाही यतिवेला भने गृहजिल्ला न त कुनै चाडपर्वमा आएका हुन , न त कुनै नेपाली चलचित्रको प्रचार प्रसार गर्न, यतिवेला उनी गृहजिल्ला आगामी मंसिर ४ मा हुने संविधानसभाको चुनावका लागि प्रचार प्रसार गर्न आएका हुन ।
यतिवेला विभिन्न राजनीतिक दलमा दिल खोलेर नेपाली चलचित्रकर्मी प्रवेश गर्नुका साथै प्रचारप्रसारमा लागिरहेको अवस्थामा नायक तथ निर्माता शाही पनि राप्रपा नेपालको बाँके क्षेत्र नम्वर चारको समानुपातीक उम्मेदवार आफ्नै वुवा टोपेन्द्र बहादुर शाहीका लागि भोट माग्न हिडिरहेका छन । जन्मथलो बाँके भएकाले पनी नायक शाही पश्चिम क्षेत्रमा लोकप्रिय छन नेपाली चलचित्र हेर्ने दर्शकका लागि । चलचित्रको पर्दामा देखिरहेको व्यक्ति घरदैलोमा भोट माग्न आउदा मतदाता खुसी हुदै सक्दो सहयोग गर्ने प्र तिवद्धता समेत गरेको थिए ।
नायक शाहीले भोट माग्ने क्रममा देश र जनताको हकहितको लागि काम गर्ने व्यक्ति हेरे र मात्र मतदान गर्न आग्रह गरेका थिए । शाही चुनावि प्रचार प्रसारवाट समय मिलाएर नेपालगञ्जका विभिन्न सञ्चारमाध्यममा आफ्नो चलचित्र पराई र नेपालभर नै प्रर्दशन गर्ने जिम्मा पाएको चलचित्र सौर्य को प्रचार प्रसार गर्न समेत व्यस्त देखिए । उनले आफ्नो तेस्रो चलचित्र पराई अनाथ बालबालिकाको कथामा आधारित भएको वताउदै, चलचित्रको कथा कुनै काल्पनीक नभएर सत्य भएको जानकारी गराए ।

%d bloggers like this: