Thu. Mar 28th, 2024

काठमाडौं, मनोरन्जन संसार,
स्वरकै जादुले आफ्नो अनुहार चर्चित बनाइसकेका राजेश पायल राईलाई अचेल पर्दामा अनुहार देखाउने रहरले गाँजेको छ । केही समयअघिमात्रै फिल्म ‘किन किन’मा अतिथि कलाकारका रूपमा देखिएका थिए र त्यसअघि राम गुरुङ निर्देशित ‘जिमाला’मा पनि मुख्य नेगेटिभ भूमिका निर्वाह गरेका थिए । गायनबाटै धेरैका रोलमोडल बनेका उनी अहिले मोडल बन्ने धुनमा छन् । उनले आफ्नो सत्रौँ एल्बम ‘दर्शन नमस्ते–२’ को शीर्ष गीतमा मोडल हेमा श्रेष्ठसँग अभिनय गरेका छन् । मिलन चाम्सले निर्देशन गरेको उक्त भिडियो हालै सार्वजनिक भएको छ । नारायणी किनारमा सुटिङ भएको भिडियोले चर्चा बटुल्न सुरु गरिसकेको छ ।
 

%d bloggers like this: