Fri. Apr 26th, 2024

‘ट्वाइलाइट’ र यसको सिक्वेलमा अभिनय गरी चर्चा बटुलेकी हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट अंग प्रदर्शन गर्न अलिक संकोच मान्ने गर्छिन् । तर, यसपटक संकोच नमानी उनले धमाधम लुगा फुकालेकी छिन् ।
आगामी फिल्म ‘सिल्स मारिया’का लागि उनले अप्ठेरो नमानी लुगा फुकालेकी हुन् । यो फिल्ममा उनी भित्री पहिरनमा ठाँटिएर देखापर्नेछिन् ।
अर्की अभिनेत्री जुलियट बिनोच पनि ‘सिल्स मारिया’मा देखा पर्नेछिन् । अंग प्रदर्शन गर्ने मामलामा निकै उदार बिनोचसँग काम गर्ने भएर हुन सक्छ, क्रिस्टिनले फिल्म छायांकनका क्रममा कपडा फुकाल्न कुनै संकोच मानिनन् । कालो ब्रा र सेतो पेन्टीमा उनको सौन्दर्य निखारिएको थियो । बिनोच भने फिल्ममा पूरै नांगिने भएकी छिन् ।

%d bloggers like this: