Tue. Apr 16th, 2024

‘कालो कालो रात’, ‘गुरा“सको फेदमुनि’ लगायतको चर्चित गितका संगीतकार नवराम राई लामो समयको अन्तराल पछि सांगितक आकाशमा देखा परेका छन् । 
गत महिना पुर्वाञ्चलका विभिन्न शहरमा आयोजित टुवोर्ग स्टेजको ट्रक सोमा आफ्नो प्रस्तूती दिदै सागितीक आकाशमा पुन देखा परेका राईले आफ्नै आवाज तथा संगितमा बैसाख नि वित्यो जेठ पनि वित्यो बोलको १२ वटै महिना समावेश गरिएको गितको भिडियो समेत निमार्ण सुरु गरेका छन् । उनको सो गितको म्युजिक भिडियो को छायाकन सकिसकेका छन् । भिडियो तिहार अगाडी नै रिजिल हुने राईको भनाई छ । रोजेश शाक्य र रविन राइको छायांकन रहेको भिडियो को निर्देशन भने अर्का गायक कवि राई र सौरभले गरेका छन् । १२ वर्ष अघि कम्पोज गरिएको भए पनि हालै रेकर्ड गरिएको सो गित भिडियो सगै रिजिल गर्ने तयारीमा छन् राई ।
१२ वर्ष अगाडी नै नेपाली सांगितीक आकाशमा उदाएका राई आफ्ना घरायसी कारणले गित संगीतलाई निरन्तरता दिन नसकेको भए पनि अव भने क्रियाशिल हुने वताउछन् । मोफसलवादको कारण आफु जस्ता गायक हरु पछि पर्ने गरेको वताउने राई नया जोस र जागर का साथ पुन सांगितिक क्षेत्रमा क्रियाशिल हुदै छन् । उनको यस अघि नमुना नामक एल्बम बजार आइसकेको छ भने चाडै नया एल्बम समेत बजार मा ल्याउने उनले वताए ।

%d bloggers like this: