Thu. Apr 25th, 2024

यौन पस्किएर चर्चा बटुल्ने ध्येयले निर्माण भएको फिल्म ‘कामसूत्र’को थ्रिडी निर्माणमा बलिउड अभिनेत्री तथा मोडल शेर्लिन चोपडा हिजोआज व्यस्त छिन् । पहिलो चरणको काम समाप्त भइसकेकाले अहिले उनी दोस्रो चरणको तयारीमा जुटेकी छिन् ।
‘कामसूत्र’ मुलतः यौनसँग सम्बन्धित फिल्म भएकाले शेर्लिनलाई आफ्नो शारीरिक बुनोटले फिल्ममा ठूलो अर्थ राख्छ भन्ने राम्ररी थाहा छ । त्यसैले अहिले उनी ज्यानै फालेर कसिलो र आकर्षक ज्यान बनाउन लागिपरेकी छिन् । ‘फिटनेसको सवालमा उनी ज्यादै कन्सस छिन्,’ उनी निकट स्रोतले भन्यो, ‘अहिले उनको सम्पूर्ण ध्यान व्यायाम, उपयुक्त खान्की आदिमा केन्द्रित छ ।’ अमेरिकाको लस एन्जलस शहरमा हुन लागेको फिल्म बजारमा सहभागी हुन समेत उनी जाने भएकी छिन् । त्यहाँ विदेशी निर्देशकका आँखा आफूतर्फ खिच्न उनी आफूलाई एक सय प्रतिशत सेक्सी बनाउन दिलोज्यानले प्रयत्नरत छिन् ।

%d bloggers like this: